विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

डिसी नेपाल
२८ माघ २०८२ १८:५७
20
Shares

काठमाडौं। विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ।

ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी विराटनगर स्थित माडवाडी सेवा सदनमा फागुन ४ गतेसम्म सञ्चालन हुने छ।

ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्तिकला, हस्तकला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा समावेश गरिने छ।

कला र संस्कृतिको माध्यमबाट प्रदेशलाई सशक्त र पहिचानयुक्त बनाउन प्रादेशिक ललितकला आयोजना गर्न लागिएको हो।

प्रदर्शनीमा १६४ जना सर्जकहरूको दुई सय वटा कलाकृतिहरू समावेश गरिने छ। जस अन्तर्गत आधुनिक चित्रकलातर्फ एक सय जना, परम्परागत कलामा ५ जना, मूर्तिकलामा १७ जना, लोककलामा १० जना, हस्तकलामा १० जना तथा अन्य सृजनात्मक कलातर्फ १७ जना सहभागी हुने छन्।

प्रदर्शनीका लागि हाल १४ वटा जिल्लाबाट विभिन्न विधाका कला कृतिहरू संकलन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *