दाँत दुखेर हैरान हुनुहुन्छ ? राहत पाउन अप्नाउनुहोस् यी ५ उपाय

डिसी नेपाल
२ असोज २०७६ ८:१४

काठमाडौँ । आजकाल हामी सबैको समस्या बन्ने गरेको दाँतको दुखाईको समस्या। प्राय चिसो खानेकुरा, बजारका गुलिया खानेकुराले दाँतमा समस्या देखापर्छ । दाँत दुख्यो भन्दैमा हामी डाक्टरकोमा गएर महङ्गा अनि कडा औषधी खान्छौ जसका कारणले झन् स्वास्थ्य कमजोर बनाउँछ।

जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ !

१) आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि गर्छ भने आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ।

२) कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ। दुखेको भागमा कागती लगाउदा तुरुन्तै राहत मिल्छ।

३) लसुन – लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ।

४) प्याज – हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ।

५) ल्वांग – सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वाङले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वाङ वा ल्वाङको तेल लगाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *