प्रवासमा रहेका गायक बिन्ती कुमार गुरुङको मनचरी गीत बजारमा
काठमाडौं । गायक बिन्ती कुमार गुरुङको मनचरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
लेखु सहयात्रीको शब्द तथा संगीत सृजना रहेको सार्वजनिक गीतमा गायक बिन्ती कुमारलाई गायिका सदीक्षा कट्टेलले स्वरमा साथमा दिएकी छन्।
एक प्रेमील जोडीबीचको रोमान्टिक प्रेम कहानी बताउने मनचरीलाई गायक गुरुङले भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरेका हुन्।
बैंशालु उमेरमा सुटुक्क माया बसेको एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई मोडलद्वय प्रभात पल ठकुरी र जुना विश्वकर्माका माध्यमबाट बहुचर्चित निर्देशक शान थापाले कलात्मक शैलीमा उतारेको प्रेम कहानीको भिडियो निकै नै उत्कृष्ट बनेको छ। झट्ट हेर्दा भिडियो कुनै सिनेमाको एउटा अंश जस्तो लाग्छ।
बिसम आचार्यको एरेन्ज रहेको गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ। दिनेश पराजुलीको छायांकन रहेको गीतमा बिबेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर रहेको गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् भने भिडियोको निर्माण जष्मिन क्रियसनले गरेको हो।
प्रस्तुत गीतका निर्मात्री हुन् संगीता गुरुङ। ग्रामिण भेगमा देखिँदै र भोगिँदै आएको भर्खरैका तन्नेरीहरूको आकर्षक प्रेमील कथा प्रस्तुत यस गीत आफ्ना यसअघिका सृजना भन्दा केही भिन्न शैलीमा तयार भएको गायक बिन्ती कुमार बताउँछन्।
भन्छन्, ‘म प्रबासमा रहेर पनि घर गाउँका अर्गानिक सृजना यसरी तयार गर्न पाउँदा स्वदेशमा नै छु की झै लाग्छ।’ गायक तथा संगीतकार गुरुङले प्रवासमा रहेर पनि वर्षेनी २ देखि ३ वटासम्म म्यूजिक भिडियो रिलिज गर्दै आइरहेका छन्।
उनका बाटैबाटो, माया त यस्तो, चोखो माया, होई मेरो संसार, फूलभन्दा नी राम्री छ्यौंलगायत दुई दर्जन बढी गीतहरू आफ्नै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन्। यसका अलावा उनले आफ्नो मातृभाषा गुरुङ भाषामा पनि बेलाबखतमा आफ्ना सृजना बजारमा ल्याइरहेका हुन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment