‘रमिताको पिरती’लाई दर्शकको सकारात्मक प्रतिक्रिया

डिसी नेपाल
८ फागुन २०८२ १३:३३

काठमाडौं। प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको फिल्म ‘रमिताको पिरती’ ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले फिल्मको कथावाचन र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

फिल्म ‘जेरी’ पछि अभिनयका लागि खासै प्रशंसा नपाएकी अभिनेत्री आना शर्माका लागि ‘रमिताको पिरती’ सञ्जीवनी बनेको बताइन्छ। दर्शक आनाको अभिनयबाट प्रभावित भएको प्रतिक्रिया दिएका छन् भने फिल्मको समग्र सन्देशले पनि आफूहरूलाई भित्रैदेखि छोएको बताएका छन्।

फिल्मले बिखण्डित परिवारमा हुर्किएकी रमिता नामक युवतीको प्रेम र धोका यात्रालाई प्रस्तुत गरेको छ। जेनजी पुस्ताको भावनालाई यथार्थपरक रूपमा उतारेको भन्दै युवा दर्शकले फिल्मको प्रशंसा गरेका छन् । लेखक तथा निर्देशक सुदीप्ताका अनुसार हल भ्रमणका क्रममा दर्शकले आफ्नै जीवनकथा जस्तै लागेको प्रतिक्रिया दिएका छन्।

फिल्ममा आनाको अभिनयले धेरैको मन जितेको छ। अभिनेता भुवन केसीले पनि ‘रमिताको पिरती’ हेरेपछि अनमोल केसी र आना शर्मालाई लिएर फिल्म बनाउने चाहना व्यक्त गरेका छन् । उनले फिल्म उच्चस्तरीय बनेको र आनाको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । अभिनेत्री ऋचा शर्मा र बेनिशा हमालले पनि फिल्म र आनाको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.