गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

डिसी नेपाल
११ फागुन २०८२ १८:४५
32
Shares

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन्। गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए। उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनूनी दायरामा ल्याइने बताए। दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ।

पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। गृहमन्त्रीका साथमा गृहसचिव मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत अस्पताल पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.