धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु
काठमाडौं। राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो।
छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन्। निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए। उनका अनुसार फिल्मको छायांकन धनकुटा,बराहक्षेत्र र चतरामा हुनेछ।
यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुने निर्माण पक्षले जानकारी दिएका छन्। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन्। सक्किगोनी टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो।
कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ। यस फिल्मको द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। फिल्मको रिलिज मिति भने निर्माण पक्षले छायांकन सकेपछि तोक्ने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment