दुई सवारी ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
४ चैत २०८२ १६:३७
980
Shares

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।

दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–०० ख ७४६३ नम्बरको बसले बा.प्र.०३–०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

बसेको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–१३ हर्कपुरका ५८ वर्षीय कृष्ण कडेलको भरतपुरको नयाँ मेडिकल कलेलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अलिन पण्डितले जानकारी दिए।

प्रहरीले बसका चालक मोरङ बेलवारी नगरपालिका–२ का ३६ वर्षीय विकास पोख्रेल र बसलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *