रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

डिसी नेपाल
५ चैत २०८२ ८:५१
96
Shares

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ।

न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुरू भएको सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्, जसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *