बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
७ चैत २०८२ २२:३१
48
Shares

सिरहा। लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल माघ १७ गते दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन्। सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी नजिक खाजा खान लागेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

यस्तै, इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी करिब ४० वर्षीय प्रमोद साहलाई पनि पक्राउ गरेको छ। जिल्ला अदालतको २०७९ साल पुस २९ गतेको फैसलाअनुसार खोजीमा रहेका धनगढीमाई नगरपालिका–९, गोठचोक निवासी साहलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *