मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)
बाजुरा। मौसम खुलेसँगै बाजुराको सदरमुकाम मार्तडी, बाजुराको दोस्रो ठुलो मुख्य व्यापारिक विन्दु कोल्टी लगायत आसपासका क्षेत्र मनमोहक देखिएका छन्। लगातारको मौसम बदली पश्चात् बाजुरामा आज मौसम पूर्ण रूपमा खुलेको छ।
वर्षा र हिमपात पछि यहाँका उच्च लेकाली तथा हिमाली भूभाग हिउँको घुम्टोमा सजिएर सेताम्य बनेका छन्। सदरमुकाम मार्तडी आसपासको क्षेत्र मौसम खुलेपछि कञ्चन देखिएको छ। त्यस्तै पूर्वी उत्तरी भेगको कोल्टी क्षेत्र समेत सुन्दर देखिएको छ।
सदरमुकाम मार्तडी बाजुराको प्रमुख व्यापारिक केन्द्र हो भने,कोल्टी बाजुरा जिल्लाको दोस्रो मुख्य व्यापारी केन्द्र हो। कोल्टी बाजुरा जिल्लाकै एक मात्रै विमानस्थल भएको ठाउँ समेत हो। मौसम खुलेपछि बाजुराको प्राकृतिक सौन्दर्ययता निकै सुन्दर देखिएको छ।




















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment