लागुऔषधसहित सात जना पक्राउ

डिसी नेपाल
८ चैत २०८२ १३:३१
1.1k
Shares

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका-१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो।

यसैगरी, झापाको विर्तामोड नगरपालिका-३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका-१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *