११ एजेण्डामा केन्द्रित कांग्रेस बैठकमा छलफल जारी
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न एजेण्डामाथि छलफल जारी रहेको बताएका छन्।
आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठक निरन्तर चलिरहेको जानकारी दिए। उनका अनुसार सभापतिले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन्।
प्रवक्ता चालिसेका अनुसार बैठकका लागि ११ वटा एजेण्डा तय गरिएको छ, जुन यसअघि नै सार्वजनिक भइसकेको छ। ती प्रस्तावहरूमा हालसम्म २८ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेको उनले बताए।
‘बाँकी सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्नुहुनेछ र विभिन्न विषयमा छलफलपछि निष्कर्षमा पुग्नेछौं,’ उनले भने।
उनका अनुसार बैठकमा महाधिवेशनसँग सम्बन्धित प्रस्तावसहित विभिन्न समसामयिक विषयमा पनि छलफल भइरहेको छ।







डिसी नेपाल







Facebook Comment