एनआरएनए यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी

डिसी नेपाल
५ असोज २०७६ ८:५०

यूके । गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २०३ मतको अन्तरले हराउँदै गुरुङ डेढ दशक लामो एनआरएन यूकेको इतिहासकै पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा प्रेम गाहा, महिला उपाध्यक्षमा रोजिना प्रधान राई विजयी भएका छन् भने स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन्।

महासचिवमा फडिन्द्र भट्टराई, सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल विजयी भएका छन् । महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका तथा सहकोषाध्यक्षमा सलुन्तला गुरुङ विजयी भए ।

युवा संयोजकमा नविन गुरुङ र महिला संयोजकमा प्रसुना कंडेल विजयी भए भने सदस्यमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कंडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बू, तारामैया गुरुङ, ज्ञानेन्द्र आले मगर विजयी भएका छन् ।

एनआरएनए आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *