भालु खोपमा नि:शुल्क स्वास्थ्य शिविर, १५० ले लिए नि:शुल्क स्वास्थ्य सेवा

डिसी नेपाल
२५ चैत २०८२ ११:५१
12
Shares

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ भालु खोमपमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र रामेछाप नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।

शिविरमा चिकित्सालयको तर्फबाट बिरामीको स्वास्थ्य जाँच, परामर्श तथा नि:शुल्क औषधि वितरण गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । शिविरमा १५० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।

चिकित्सालयका डा।उत्तम गैरे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा दिएका थिए । उपचारका लागि आउने मध्ये अधिकांश घुँडा दुख्ने समस्या भएका बिरामी रहेका डाक्टर गैरेले बताए । यस बाहेक ग्यास्ट्रिक, छाला सम्बन्धी रोग तथा, महिलाजन्य रोगका बिरामी पनि उपचारको लागि आएका गैरेले बताए ।

सोही शिविरमा रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिलाहरूको पाठेघरको मुखको परीक्षण तथा भिडियो एक्स९रे गरिएको थियो । शिविरमा ५० जना महिलाले पाठेघरको मुखमा क्यान्सर भए नभएको परीक्षण गराएका थिए भने ४४ जन महिलाले भिडियो एक्स९रे गराएका रामेछाप नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले जानकारी दिए ।

गाउँमा नै स्वास्थ्य शिविर आयोजना गरी सेवा दिएकोमा स्थानीयले खुसी प्रकट गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *