कविता: नेपालको नव निर्माण

शंकरप्रसाद रिजाल
५ वैशाख २०८३ ७:३६
200
Shares

सयौं बर्षदेखि दुःख पाएको नेपाल अब सुख पाउने भएको छ
नयाँ नेपालको निर्माण अब धमाधम हुने भएको छ।

नेपालमा एक राजनेता फेरि एकचोटी जन्म भएको छ
इमान्दारको दर्जा पहिरी एक युवा जनतामा देखा परेको छ।

नाम उनको बालेन्द्र शाह पेशा उनको सिविल इन्जिनियर
माथि आकासबाट तारा बनी तल खसेको एक सोभिनियर।

गाउने उनको सौख सडक सडकमा युवा भेला गराई
सारा युवा मस्त आनन्द लिई बस्तथे उनको गीतमा रमाई।

मिलाउँथे दुःख र पीडाका भाषा उनको र्‍यापमा सधैं जोशिला
भित्रैदेखि उफ्री उफ्री खुसी हुन्थे युवा हाम्रा सञ्जालमा।

पछि बने मेयर काठमान्डुको एकैचोटी स्थानीय चुनावमा
गरे हाकिमसँग सधैं झगडा बर्सौं काठमान्डु सफा पार्न।

लागे निरन्तर आफ्नो कर्म र काममा यो मान्डु सुधारन
तीन बर्षसम्म गरे उनले निक्कै कडा कडा परिश्रम।

बनाए सबै सडक पेटी सफा र राम्रा हेर्न लायक गरिकन
आफ्नो धोको पूरा गर्न देशको प्रधानमन्त्री नै बनिकन।

लडे चुनाबमा एक्कासि ओलीको झापामा गइकन
निरङ्कुश बनी हिंड्ने ओलीलाई मतदानमा हराइकन।

भारी मतले बिजयी भए जय जय घन्टी बजाइकन
राश्वपाले ल्यायो दुइ तिहाई बहुमत सूर्य ढाकने गरी।

रवि-बालेनले ओडे बिजयीको माला शरीरको जिउभरी
नयाँ जेनजीको आन्दोलनले नयाँ सरकार गठन भइ।

रविको अध्यक्षतामा बालेन शाह प्रधानमन्त्री भै गए
भयो नेपालको नब निर्माण लोकतन्त्रले लियो मोड।

भ्रष्टाचार गरी शाशन गर्नेलाइ पर्‍याे अब महातोड
चलाए रवि बालेनले कदम भ्रष्टको जालो फोड्न।

सदियौंदेखि रही आएको काम कुसंस्कारको तोड्न
गर्दै गए सुशाशन धमाधम भ्रष्टाचार सुधारन।

अनैतिक काम गर्नेलाई भित्र भित्रै निकालन
गुण्डा गर्दी गरी हिँड्ने लागे गुण्डालाई समातन।

गुण्डाहरुको जत्थालाई टोल टोलमा घिसारन
बिद्यार्थी राजनीतिमा एउटा गोली ठोकी गए।

शिक्षामा राजनीति अब नहुने भन्दै निर्णय लिए
दलित समुदायहरुलाई उच्च सम्मान दिंदै गए।

हरेक कुसंस्कारहरुलाई कुल्ची कुल्ची हिँडी रहे
उज्यालोदेखि अँध्यारोसम्म कर्ममा जुटी रहे।

आफ्नो बाचा बचन पत्रको खाका कोर्दै गए
अब धेरै समय लाग्दैन नयाँ नेपाल बनाउन।

धेरै अब समयपनि लाग्दैन बिश्वलाई चिनाउन
सबैले आशा गरिरहेका छन् बालेन शाहको काम।

निस्फिक्री भई अब सबै लागे हुन्छ चारधाम घुमन
निश्फिक्री भई अब सबै लागे हुन्छ चारधाम घुमन।

गीता सार: व्यर्थको चिन्ता

चिन्ता किन गर्ने किन ब्यर्थ डराउने?
जन्मिँदा किन खुसी मृत्युमा किन रुने।

जे भयो त्यो सबै राम्रो नभएपनि ठिकै
ल्याएको नै के थियो,जानेपनि हो रित्तै।

हिजो के थियो हाम्रो आज के छर साथमा
भोलि के हुने हो र जानु पर्दछ अन्तमा।

सृष्टिनै के गर्‍याैं हामीले के नाश हुने होर
के जम्मा गर्ने खोइ के आफ्नो हुने होर।

खाली हात जन्मे थियाैं खाली नै भई जाने हो
यो शरीर अन्त्यमा चितामा डढी जल्ने हो।

तिमीले के पाउने हो हराएको नै के थियो
पाउने हराउने केही छैन हो यो खेल प्रभुको।

आज मेरो भोलि तिम्रो पर्सि हुन्छ अर्कैको
बुझ लौ सबै मानव घुमिरहन्छ घडी सुइको।

अंक मेरो भन्ने सुइले पल्लोमा सरी हाल्दछ
यसरी नै चलिरन्छ जीवन मृत्यु अदृश्य छ।

मन दुःखी हुने कारण चिन्तामै नित्य डुबने
करोडौंको मालिकपनि चिन्तामै रही घुमीरने।

तेरो मेरो ठुलोसानु यी सब मनका बिकार हुन्
को सानु को ठुलो होर यही नै अभिमान हुन्।

ज्ञानी बनी तिमी हेर सबै समान पाउँछौ
आत्मा अजर अमर छ तिमी किन डराउँछौ।

डरको सामना गर न जाउ डरदेखि पर
कायरले केही गर्दैन पछि पर्दछौ पर पर।

हर्षमा हाँसने होइन शाेकमा नरुने गर
निष्काम कर्ममा लाग परिमाण ममा छोड।

कर्तब्य गरी राख नसोच अधिकारको
इच्छाहीनले बनाउँछ चिन्ताहीन श्वभावको।

भज कृष्णको नाम कर्म गर्दापनि सधैं
सम्झ मीराको नाम अप्ठ्यारोमा सधैं।

गीतामा लेखिएको कुरा सधैं मनन गर
त्यसभित्रका उपदेसहरु पालन गर्ने गर।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *