ट्याम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु, तीन घाइते

डिसी नेपाल
५ वैशाख २०८३ २२:०४
160
Shares

काठमाडौं। महोत्तरीमा गुडिरहेको ट्याम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन बाँकी छ।

सो दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना (पुरुष चालक र दुई महिला) घाइते भएका प्रहरीले जनाएको छ।

महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज १ ह ४८५० नम्बरको ट्याम्पुमाथि शनिबार रुख ढल्दा सो घटना भएको हो। हावाहुरीले रुख ढलेको जनाइएको छ।

दुर्घटनामा घाइते तीन जनालाई उद्धार गरेर प्रादेशिक अस्पताल, जनकपुरधाममा भर्ना गरिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उनीहरूको उद्धार गरेका हुन्।

प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार ट्याम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ। दुर्घटनापछि केही समय जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *