राष्ट्रियसभा अध्यक्षसँग जापानी संसदीय टोलीको भेटवार्ता

डिसी नेपाल
११ वैशाख २०८३ २१:४५

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान–नेपाल संसदीयमैत्री लिगका अध्यक्ष योसुके ट्सुरुहो नेतृत्वको टोलीले आज सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित, संसदीय सहकार्य र सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए। सो अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको चर्चा गर्दै नेपाललाई विभिन्न क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताए।

नेपाल–जापान कूटनीतिक सम्बन्धका ७० वर्ष भइसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले विभिन्न कूटनीतिक तथा संसदीय भ्रमणहरूले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताए। नेपालको सङ्घीय संसद्ले छिट्टै नेपाल–जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास र अनुभव आदानप्रदानका लागि मैत्री समूहले काम गर्ने बताए।

गौतम बुद्ध र लुम्बिनीले दुई देशबीचको सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारमा विशिष्ट भूमिका खेलेको चर्चा गर्दै अध्यक्ष दाहालले लुम्बिनी–जापान सिधा हवाई सेवा सुरु गर्नका लागि जापान सरकारले पहल गर्ने विश्वास व्यक्त गरे। नेपाली विद्यार्थी र कामदारहरूका लागि जापान आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै दाहालले यसले दुई देशबीच जनस्तरको सम्बन्ध सुदृढ बनाउन योगदान दिएको बताए।

सो अवसरमा जापान–नेपाल संसदीयमैत्री लिगका अध्यक्ष योसुकेले नेपाल भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको बताउँदै संसदीय सहकार्यले दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताए। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हालै जापानमा भएको भ्रमणको चर्चा गर्दै उहाँले उक्त भ्रमणले जापान–नेपाल सम्बन्ध थप मजबुत बनाउन विशेष भूमिका खेलेको बताए।

अहिले जापान–काठमाडौँ नियमित हवाई उडान भइरहेको उल्लेख गर्दै उनले लुम्बिनी–जापान हवाई उडानबारे नेपालस्थित जापानी दूतावासमार्फत छलफल गर्ने बताए। भेटमा नेपालस्थित जापानी राजदूत मयडा तोरुको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *