स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

डिसी नेपाल
१२ वैशाख २०८३ १५:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा.अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ ।

उनको स्थानमा डा.चुमनलाल दासलाई पठाइएको छ । यस्तै, विभागको परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा.मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ ।

मन्त्रालयमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ । अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्यालले सम्हाल्नेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *