कक्षा १२ को परीक्षा आजबाट : ४ लाख १८ हजार परीक्षार्थी सहभागी, जापानसहित १ हजार ४२१ केन्द्र कायम

डिसी नेपाल
१४ वैशाख २०८३ ६:५९

काठमाडौं। यस वर्षको कक्षा १२ को परीक्षा आजबाट सुरु हुँदैछ। परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन्। आजबाट सुरु हुने परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदैछन्।

जसमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीले सहभागी हुँदैछन्। आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन्। यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुदैछन्।

यो वर्ष देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १-१ केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।

प्रदेशगत रुपमा कोशी ६७ हजार ४९७, मधेस ६२ हजार ११४, बागमती १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६,लुम्बिनी ६९ हजार ४११, कर्णाली ३० हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार ४४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन्।

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *