बालेन सरकारको काम मूल्यांकन गर्ने समय भैसकेको छैन, प्रारम्भ सकारात्मक : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने भएको भन्दै मूल्यांकन गर्ने समय भैनसकेको तर सुशासनको पक्षमा प्रारम्भिक काम सकारात्मक रहेको बताएका छन्।
मे दिवसको अबसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुक, जनता र प्रजातन्त्रको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्दै थापाले समाजको हरेक क्षेत्रमा देखिएको राजनितिक हस्तक्षेप र दलियकरणको न्यूनीकरणमा केही सकारात्मक कदम चालेको देखिएको भन्दै उनले प्रशंसा गरे।
आर्थिक विकास बिना मुलुकको सर्बाङ्गिण विकास सम्भब नभएकोले दीर्घकालीन महत्वको कार्यक्रम के कसरी आउँछ, त्यो प्रतीक्षाको विषय बनेको उनको भनाई छ। अब ठूलो भवितब्य बिना काङ्ग्रेस एमालेको पुनरुत्थान हुन सक्ने सम्भावना नभएको भन्दै थापाले जेन्जी आन्दोलन र निर्वाचनपछि कांग्रेस एमालेप्रति जनताको ठूलो आक्रोश रहेको तर राप्रपाप्रति नभएको भन्दै त्यो समयको राप्रपाले सदुपयोग गर्न नसकेको थापाको स्विकारोक्ती थियो।
गैसकेको कुरा गरेर अहिले काम नभएको भन्दै थापाले अब नयाँ ढंगबाट राप्रपालाई विकल्पको रुपमा प्रस्तुत गर्नुपर्ने आबश्यकता रहेकोमा जोड दिए। कांग्रेस एमालेको एजेन्डा रास्वपाले बोकेको हुँदा बैकल्पिक राजनीतिक र बैचारिक शक्ति अब राप्रपा नै हुने उनको दाबी थियो।
पार्टी समायोजनको विषय चाढै टुंगो लगायर पार्टीमा गुट उपगुटलाई अन्त्य गर्दै आत्मिय वातावरणका साथ पार्टी उठाउने र बनाउने कार्यमा कृयाशिल हुन सबैलाई आग्रह गरे। मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अझै बढेर गएको उनको तर्क थियो।
मजदुर दिवसको अवसरमा सम्पुर्ण श्रमिक वर्गमा बधाइ शुभकामना दिँदै थापाले टुकोनलाई धन्यवादसमेत ब्यक्त गरे। कार्यक्रममा श्रमिक राजु तामाङलाई सम्मानसहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले समेत बोलेका थिए।







डिसी नेपाल







Facebook Comment