सभामुख र संसदीय समिति सभापतिबीच छलफल

डिसी नेपाल
२१ वैशाख २०८३ २०:१३

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।

आज भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

समिति सभापतिहरूले संसद् अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे मङ्गलबार मात्रै निर्णय हुने बताएका छन्।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, सङ्घीय संसद्का महासचिव, सचिवहरू र समितिका सचिवहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *