कांग्रेसको संसद् समन्वय बोर्डको बैठक मंगलबार बस्ने
काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक वैशाख २२ गते मङ्गलबार बस्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३ः०० बजे बस्न लागेको जानकारी दिए।
बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए। कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment