अनौपचारिक रूपमा विप्रेषणको काम र कारोबार नगर्न-नगराउन अनुरोध

डिसी नेपाल
२३ वैशाख २०८३ २२:०६

काठमाडौं। इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ।

त्यहाँस्थित दूतावासले आज सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरणको राजदूतावासमा उपलब्ध गराउन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार (हुण्डी) गरेका वा संकलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी जानकारी राजदूतावासमा उपलब्ध गराउन सूचना प्रकाशित गर्दै आएको छ।”

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२ चैत १३ मा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वीकृत बुँदा नं ४५ मा एकीकृत डिजिटल सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, सोमा जोखिममा आधारित संकेत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाइने दूतावासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *