राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

डिसी नेपाल
२७ वैशाख २०८३ १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न बैठक डाकिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए।

बैठकले केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने उनको भनाइ छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बस्ने राप्रपाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *