मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद
मोरङ। मोरङ जिल्लाको रतुवामाई नगरपलिका-२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले बैशाख २७ गते राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।
५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो।
भारतबाट नेपालतर्फ मोटरसाईकलमा आउँदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए।
बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment