सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा
सुर्खेत। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको बताएका छन्।
नेपाली काँग्रेसले सोमबारदेखि सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुई तिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरुलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए।
नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए।
‘चुनावमा काँग्रेसका लागि हारजित ठुलो कुरा होइन’ उनले भने, ‘एउटा निर्वाचन हार्दैमा काँग्रेस सकिदैन। लोकतान्त्रिक चरित्र र लोकतन्त्रको संस्थागत बिकासका लागि कसैसँग सम्झौता हुँदैन।’ सरकारका गतिविधीहरु लोकतान्त्रिक नभएकाले त्यसको लागि खवरदारी जरुरी भएको उनले औल्याए।
पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थित गरेर पार्टीलाई अगाडि बढाउने कुरामा सबै नेताहरुसंग छलफल भइरहेको उपसभापति शर्माले बताए।
पार्टीभित्रका विवाद मिलाएर एकताबद्ध काँग्रेसका लागि सबै पक्षसंग संवाद भइरहेको उनले जानकारी दिए। पार्टीभित्रको बृहत एकताका लागि सबै नेताहरुलाई पार्टीले सम्मान गर्ने उनको भनाई छ।







डिसी नेपाल







Facebook Comment