कांग्रेस सभापति थापाद्वारा १९ नेतालाई केन्द्रीय सदस्य मनोनयन

डिसी नेपाल
२८ वैशाख २०८३ १८:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका निवर्तमान सभापति शेरवहादुर देउवा र नेता डा शेखर कोईराला निकट १९ नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।

पार्टीको विधान बमोजिम सभापति थापाले निवर्तमान कार्यवहाक सभापति पुर्ण वहादुर खड्का र नेता कोईरालाको सिफारिसमा उनीहरुलाई मनोनित गरेको बताइएको छ ।

मनोनयनमा दलित, मधेसी, महिला, जनजाति तथा हिमाली भूगोलको प्रतिनिधित्वदेखि पुराना प्रभावशाली नेता, नयाँ पुस्तासम्मलाई समेटिएको छ। पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व मन्त्रीहरू दिलेन्द्रप्रसाद बडू, रमेश रिजाल, उमेश श्रेष्ठ लगायतलाई समेटिएको सूचीलाई कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ।

त्यसैगरी दुर्घटनापछि पुनः सक्रिय राजनीतिमा फर्किएका डा. चन्द्रकान्त भण्डारीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

मनोनयन हुने अन्य नेताहरूमा पुर्व सहमहामन्त्रीद्धय महेन्द्र यादव, जीवन परियार, पूर्वकेन्द्रीय सदस्यहरु अजयकुमार चौरसिया, गोविन्दराज पोखरेल, आङ्गेलु शेर्पा, सुशिला मिश्र भट्ट, उर्मिला थपलिया, लक्ष्मी परियार, दिनेशकुमार यादव, दिनेश कोईराला, राजीव कोइराला, राजीव ढुंगाना, नागिना यादव, डा. जीवन राना रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *