कलंकी-नागढुङ्गा यात्रा अनुभवः क्यामेरा अगाडि यसरी ढाँट्छन् कर्मचारी र ठेकेदार (भिडियो)

डिसी नेपाल
८ असोज २०७६ १२:५०

काठमाडौं । दशैं नजिकिए सँगै काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको छ। सवारी साधन बाक्लो गुड्न थालेपछि सडक यात्राको सास्ती झन् झन् बढ्दो छ।

गोंगबु बसपार्क देखि कलंकी, नागढुङ्गा हुँदै नौबिसेसम्मको यात्रा निकै कष्टकर भैसकेको छ। साविक दिनमै यो सडकको यात्रामा निकै हैरानी हुन्छ, त्यसमाथि अहिले दशैंको सवारी चाप बढेपछि जामको सास्तीले यात्रु हैरान छन्।

दशैं अघि सुरु गर्नुपर्ने सडक मर्मत र निर्माणको काम अहिले चलिरहेको छ, जसले सडकमा सास्ती बढाएको छ। मध्य दिनमा कलंकी क्षेत्रमा भएको कालोपत्रेले सयौँ सवारी र हजारौं यात्रु प्रभावित भएका यो भिडियोमा उतारिएको छ।

अति नै व्यस्त हुने सडक कति लापरवाही गरेर निर्माण गरिन्छन् भन्ने नमूना कलंकीमा देखिएको छ। मध्य दिनमा धुलाम्य सडकमा गरिएको पिच हेर्न लायक छ।

सडक पिच हुँदै गर्दा त्यहाँ खटिएका उपत्यका सडक विस्तार आयोजना र सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिहरूले दिएको प्रतिकृया र उनीहरूले क्यामेरा छल्न गरेको प्रयास हेर्न लायक छ।

आउनुस् नागढुङ्गा-कलंकी सडकमा यात्राको सास्ती यो भिडियो मार्फत अनुभव गरौंः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *