लागूऔषधसहित चौध जना पक्राउ

डिसी नेपाल
३१ वैशाख २०८३ १३:१७

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन-तीन, मोरङ र चितवनबाट दुई-दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक-एक जना पक्राउ परेका हुन्।

लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधि बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *