सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा २ हजार ८०० र चाँदी १०५ रुपैयाँले घट्यो

डिसी नेपाल
१० जेठ २०८३ ११:०९

काठमाडौं। घरेलु बजारमा लामो समयदेखि बढिरहेको बहुमूल्य पहेँलो धातु सुन र चाँदीको मूल्यमा साताको पहिलो दिन आइतबार भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले ओरालो लागेको हो।

मूल्यमा आएको यो ठूलो गिरावटका कारण आज छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि गत हप्ताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट दर्ता भएको छ। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आइतबार चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन अर्थात् शुक्रबार बजार बन्द हुँदा चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा खरिद-बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *