रेश्मिका परियार हत्या प्रकरण: उच्च अदालतको आदेशपछि थप तीनजना पक्राउ

डिसी नेपाल
१३ जेठ २०८३ १०:१५

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या अभियोगमा प्रहरीले थप तीनजनालाई मंगलबार नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा चुइचुम्मा-४ बतासेका २८ वर्षीय हेमन परियार, सोही ठाउँका दीपक राई र छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो।

के थियो घटना ?

गत वर्षको भदौ ३० गते राति रेश्मिका आफ्नै गाउँमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनालगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते नै पक्राउ गरेको थियो।

ती किशोर हाल जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

अदालतको आदेशपछि नयाँ ट्वीस्ट

घटनामा अन्य व्यक्तिको पनि संलग्न्तरहेको भन्दै मृतकका परिवारका सदस्यले गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा थप तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।

सोही जाहेरीलाई आधार मान्दै अदालतले चैत २८ गते जिल्ला प्रहरी कार्यालय खोटाङलाई घटनाको थप गम्भीर अनुसन्धान गर्न आदेश दिएको थियो। अदालतको सोही आदेश पालना गर्दै प्रहरीले मंगलबार ती तीनैजना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *