एसियन गेम्स छनोट: नेपाल र इन्डोनेसिया आज भिड्दै, लगातार दोस्रो जित निकाल्ने लक्ष्य

डिसी नेपाल
१४ जेठ २०८३ १०:४०

काठमाडौं। एसियन गेम्स महिला टी-२० क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा इन्डोनेसियाको सामना गर्दैछ।

मलेसियाको क्वालालम्पुरमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सुखद सुरुवात गरेको नेपाली टोली आजको खेलमा पनि जित निकाल्दै आफ्नो बलियो स्थितिलाई कायम राख्ने दाउमा छ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।

उत्कृष्ट लयमा देखिएको नेपाल हाल समूह ‘बी’ को अंक तालिकामा १ खेलबाट २ अंक जोड्दै शीर्ष स्थानमा ओगट्न सफल भएको छ। आजको खेल जितेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना अझ बलियो बन्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *