छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

डिसी नेपाल
१४ जेठ २०८३ १७:३९

काठमाडौं। मुलुकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

झापा, गौरादह नगरपालिका-७ मा को.१ ख ६९४० नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका खड्ग चिमरियाका छोरा ४ वर्षीय आरोग्य चिमरियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाँचथरको फिदिम नगरपालिका-८ मा मङ्सिरेबाट घुमाउनेटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१८ प ५६१८ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ घुमाउनेटार बस्ने ३३ वर्षीय दिपेन्द्र गुरूङको घटनास्थलमै मृत्यु भएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका-२, कालपानीमा क.प्र.०२-००१ ख ०६४७ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ कालपानी बस्ने २३ वर्षीय कमल वलीको बुधबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको मिथिला नगरपालिका-८ बडहरीमा म.प्र.०४-००१ ज ००२३ नम्बरको विंगरले ज.६ प ९०९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बटेश्वर गाउँपालिका-१ बस्ने ४५ वर्षीय बिरेन्द्र महतोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालगढ मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ। विंगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डडेलधुराको भागेश्वरी गाउँपालिका-४ ऐडुङ्ग्रामा डडेलधुराबाट अजयमेरूतर्फ जाँदै गरेको से.१ क ७८३ नम्बरको टिप्पर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक पुर्नवास नगरपालिका-१० बस्ने ५४ वर्षीय रूपलाल दमाईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *