कालिगण्डकीमा खसेर बालक बेपत्ता
म्याग्दी। म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर आज एक जना बालक वेपत्ता भएका छन्। म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेश कुमार मल्लसँगै बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका थिए।
खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु वेपत्ता भएको घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालिपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको नेतृत्वमा प्रहरी टोली वेपत्ता प्रियान्सुको खोजीमा परिचालन भए पनि साँझसम्म भेटिएका छैनन्। म्याग्दीका साथै पर्वतस्थित कालीगण्डकी नदी किनारमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment