ईश्वरी हत्या प्रकरणमा युवतीसहित थप तीन जना पक्राउ

डिसी नेपाल
२४ जेठ २०८३ २२:१७

काठमाडौं। प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा युवतीसहित थप तीन जनालाई पक्राउ गरेको छ।

तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए।

प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो।

उक्त घटनामा संलग्न रहेको भन्ने किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

हत्या आरोपमा ईश्वरीका श्रीमान्लाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरिसकेको छ। प्रहरीले उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

घरायसी विवादमा श्रीमान्को आक्रमणबाट घाइते भएकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *