रास्वपा डोटीको अधिवेशन सम्पन्न, अध्यक्षमा केशव बलायर
डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्लाको अधिवेशन सम्पन्न भएको छ। डोटी जिल्ला कार्यसमिति गठन गर्ने मुख्य प्रस्तावमाथि व्यापक छलफल गर्दै अधिवेशनले केशव बलायरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरूमा उपसभापति पदमा धन बहादुर बोहरा, सचिवमा विष्णु बहादुर खड्का, सह-सचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छन्। रास्वपाले डोटीमा संगठन विस्तार र सुदृढीकरणलाई तीव्रता दिने उद्देश्यका साथ यो नयाँ नेतृत्व चयन गरेको हो।
त्यसैगरी, १३ सदस्यीय नयाँ कार्यसमितिको सदस्यहरूमा मोहना साउद (महिला सदस्य), टेक बोगटी, इन्द्र खड्का र खिम बहादुर विठाडी चयन भएको सहसचिव भट्टले जानकारी दिए। उनका अनुसार दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै कार्यसमितिमा लाल भूल र केशव परियारलाई दलित सदस्यका रूपमा समेटिएको छ भने अन्य सदस्यहरूमा कविराम खत्री र सन्तोष भण्डारी निर्वाचित भएका छन्।
डोटीमा रास्वपाको यस नयाँ कार्यसमिति गठन भएसँगै जिल्लास्तरमा पार्टीका एजेन्डाहरूलाई आम नागरिकमाझ लैजान र आगामी राजनीतिक गतिविधिहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन थप ऊर्जा मिल्ने विश्वास नवनिर्वाचित नेतृत्वले व्यक्त गरेको छ।







डिसी नेपाल







Facebook Comment