संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो : ज्ञानु पौडेल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्ञानु पौडेलले प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गर्दा सांसदहरूको बोल्न पाउने अधिकार प्रभावित भएको बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षका सबै सांसदको काम, कर्तव्य र अधिकार समान रहेको उल्लेख गरिन्।
तर, सदनको कार्यसूची प्रभावित हुने गरी लगातार अवरोध हुँदा आफूहरूका विषयवस्तु प्रस्तुत गर्ने अधिकारसमेत कुण्ठित भएको उनको भनाइ थियो।
उनले आकस्मिक समयलगायत विभिन्न विषयमा आफ्ना धारणा राख्न खोज्दा पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै संवाद, सहकार्य र संसदीय प्रक्रियालाई अवरुद्ध बनाउने गतिविधिप्रति आपत्ति जनाइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment