डीडीसीका उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद्मा छलफल, प्रधानमन्त्रीसहित मन्त्रीलाई बाँडियो प्याकेट
काठमाडौं। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवद्र्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी हुन्। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवद्र्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइन्।
उनले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबिच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरिन्। साथै, नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उहाँको विशेष जोड थियो।
त्यसैक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरुको प्याकेज वितरण गरेकी थिइन्।
लामो समयदेखि नेपाली उपभोक्ता माझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई थप ऊर्जा दिने कार्य प्रधानमन्त्री शाहले पनि गरेका छन्। प्रधानमन्त्री शाह आफैँले डीडीसीका उत्पादनहरूको प्रवद्र्धन र प्रचार गरेर स्वदेशी वस्तुको उपभोग बढाउने बलियो सन्देश दिएका थिए।







डिसी नेपाल







Facebook Comment