सुधन गुरुङ र महावीर पुन शपथका लागि शीतलनिवासमा

डिसी नेपाल
२६ जेठ २०८३ १६:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री शाहले गृह मन्त्रालयमा सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

सोही सिफारिसबमोजिम नियुक्त हुन लागेका गुरुङ र पुन शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनिवास पुगिसकेका छन्। प्रधानमन्त्री शाहले यसअघि नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङलाई नै पुनः दोहोर्‍याउने निर्णय गरेका हुन् भने स्वतन्त्र सांसद पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।

आजै राष्ट्रपति पौडेलबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *