सिंहदरबार छिरेकै दिन महावीर पुनको घोषणा: ‘तीन वर्ष रातदिन काम गरेर युवा पुस्तालाई कुर्सी छाडिदिन्छु’

डिसी नेपाल
२६ जेठ २०८३ १८:४५

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको पदभार ग्रहण गर्दै आगामी तीन वर्ष आफ्नो सम्पूर्ण समय मुलुकको प्रविधि र नवप्रवर्तन क्षेत्रको विकासका लागि समर्पित गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

पदभार ग्रहण गर्ने क्रममा मन्त्री पुनले आफू पाँच वर्षे सरकारको पूरै कार्यकालभर पदमा नरहने स्पष्ट पारे। उनले भने, ‘म यो पदमा तीन वर्ष मात्र रहन्छु। अबको तीन वर्ष रातदिन नभनी देशको प्रविधि विकासका लागि काम गर्ने हो।’

यो मन्त्रालय नयाँ स्थापना भएकाले सुरुवाती चरणमा यसको बलियो जग (फाउन्डेसन) बसाल्न आवश्यक रहेको उनको भनाइ छ।

प्रविधिको क्षेत्रमा तीव्र विकासका लागि काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘ढिला हिँडेर हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ। मन्त्रालयको आवश्यक संरचना र आधार खडा भइसकेपछि म पदबाट बाहिरिन्छु र यो जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *