पदबहाली लगत्तै गृहमन्त्री सुधन गुरुङको घोषणा: राजदरबार हत्याकाण्डको थप छानबिन गरिने

डिसी नेपाल
२६ जेठ २०८३ १९:१०

काठमाडौं। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले इतिहासकै सर्वाधिक चर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को थप छानबिन गर्ने घोषणा गरेका छन्।

मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरेलगत्तै उनले यस्तो नीतिगत घोषणा गरेका हुन्।

गृहमन्त्री गुरुङका अनुसार वि.सं. २०५८ साल जेठ १९ गते भएको उक्त बीभत्स राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि तयार पारिएका सम्पूर्ण अनुसन्धान प्रतिवेदनहरूको विस्तृत अध्ययन गरिनेछ।

अघिल्ला प्रतिवेदनहरूको सुक्ष्म अध्ययन र समीक्षा गरेपछि मात्रै थप छानबिनको प्रक्रियालाई कानुनी र व्यावहारिक रूपमा अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए।

विगतका अनुसन्धान र निष्कर्षहरूमाझ आम नेपाली जनतामा अझै पनि विभिन्न जिज्ञासा र आशंकाहरू बाँकी नै रहेको भन्दै सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर थप छानबिनको दिशामा कदम चाल्न लागेको मन्त्रालय स्रोतले जनाएको छ।

सम्पत्ति विवरण सम्बन्धी विवादमा छानबिन समितिबाट सफाइ पाएर पुनः गृह मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका मन्त्री गुरुङले कार्यभार सम्हालेकै दिन यस्तो ठुलो र संवेदनशील फाइल खोल्ने घोषणा गरेपछि यसलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “पदबहाली लगत्तै गृहमन्त्री सुधन गुरुङको घोषणा: राजदरबार हत्याकाण्डको थप छानबिन गरिने

  1. Very good news, ho proper chhanbin garera ashali hattyara patta lagaunai parchha, wish you all the best Sudan jiu

Leave a Reply

Your email address will not be published. Required fields are marked *