लागुऔषधसहित १६ जना पक्राउ

डिसी नेपाल
२७ जेठ २०८३ १४:४९

काठमाडौं। प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई-दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक-एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *