संसद् अवरोध हटाउन सभामुख विपक्षीहरूसँग संवादमा
काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डोलप्रसाद अर्याल विपक्षी दलका नेताहरूसँग संवादमा जुटेका छन्। केही समययता संसद् बैठकमा लगातार अवरोध हुँदै आएपछि सभामुखले निकास खोज्न सक्रियता बढाएका हुन्।
यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको छलफल र विपक्षी दलहरूको छुट्टै बैठकपश्चात् सभामुख अर्यालले विपक्षी नेताहरूसँग छलफल सुरु गरेका हुन्। सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक-पटक प्रभावित हुँदै आएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को एक अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जनाउँदै आएका छन्। यही जेठ १७ गते संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
उक्त विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीसँग थप स्पष्टीकरण र जवाफदेहिता माग गर्दै संसद् बैठक अवरुद्ध पारेका हुन्।
सभामुख अर्यालले जारी गतिरोध अन्त्य गर्न र संसद्को कामकारबाही सुचारु गर्न विपक्षी दलका नेताहरूलाई सहमतिको प्रयास गरिरहेका छन्। हालसम्म कुनै ठोस सहमति भने जुट्न सकेको छैन।







डिसी नेपाल







Facebook Comment