पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
२८ जेठ २०८३ ६:४६

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ।

यस मौसमी प्रणालीका कारण बुधबार देशभर आंशिकदेखि साधारणतया बादल लाग्नुका साथै देशका अधिकांश भागमा हल्का वर्षा समेत भएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दिनमा पनि देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मौसममा बदली आउनेछ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *