न्यूरोडबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौं। काठमाडौंको न्यूरोडबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई उक्त ठूलो परिमाणको नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएको रकमको आधिकारिक स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त रकम हुण्डी कारोबारमा प्रयोग हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेका दवाडीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment