सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

डिसी नेपाल
२ असार २०८३ ११:१८

काठमाडौं । चर्चित सेफ सन्तोष साह ठगीसम्बन्धी मुद्दामा पीडित पक्षलाई ४ लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएपछि हाजिर जमानीमा रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार साहले ठगीको रकम पीडितलाई बुझाएर त्यसको प्रमाण पेश गरेपछि उनलाई हिरासतमा राख्नु नपरेको हो।

यसअघि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

यसबाहेक, साहलाई बैंकिङ कसुरको मुद्दामा काठमाडौं जिल्ला अदालतले यसअघि नै एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

उक्त मुद्दामा अदालतमा उपस्थित हुने म्याद बाँकी रहेकाले तत्कालका लागि उनलाई भुक्तानीका लागि नपठाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *