बाजुरामा दाँते ओखर खेती (तस्बिरहरू)

डिसी नेपाल
३ असार २०८३ ८:५२

बाजुरा। बाजुरामा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ। जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा लगाइएको दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्न समेत थालेका छन्।

व्यक्तिगत फर्म र विभिन्न समूहले लगाएका दाँते ओखरका बिरुवा पछिल्लो समय राम्रोसँग हुर्किन र फल्न थालेका हुन्।कतिपय स्थानमा परीक्षणको लागी वृक्षारोपण गरिएका बिरुवा समेत राम्रो हुन थालेका छन्।

दाँते ओखर खेतीबाट जीविकोपार्जनमा सहज हुने सम्भावना देखिएपछि यहाँका अधिकांश किसानहरू यस खेतीतर्फ आकर्षित बन्दै गएका हुन्। बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढी नन्दा, बडी मालिका, गौमुल लगायतका स्थानीय तहमा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ।

एक लामो आयु हुने ठुलो रुखको रूपमा ओखरलाई लगिन्छ।जसको आयु करिब २०० वर्षसम्म हुने गर्छ। एक परिपक्व ओखरको रुखले वार्षिक १०० देखि २०० किलोग्रामसम्म फल दिन सक्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

नेपालमा समुद्री सतहबाट ९०० देखि ३५०० मिटरसम्म ओखर खेती गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताए।उनका अनुसार,हरेक बिरुवा ७–७ मिटरको दूरीमा रोप्न उपयुक्त मानिन्छ। भने प्रति रोपनी १० देखि १५ बिरुवा लगाउन सकिने जानकारी दिए।

ओखरले ५–६ वर्षपछि उत्पादन दिन सुरु गर्ने गरेको छ। ओखर दीर्घकालीन आम्दानी दिने भएकाले किसानहरूको आकर्षण बढ्दै गएको पाइन्छ। बाजुरा जिल्लाका विभिन्न ठाउँमा अहिले व्यवसायकै रूपमा ओखर खेती गर्ने गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *