विदेशी मुद्राको विनिमयदरः डलर, युरो र पाउण्डको भाउ कति ?
काठमाडाैं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको विनिमयदर उच्च कायम भएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा, तथा स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ३७ पैसा र बिक्रीदर १९१ रुपैयाँ १२ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा, र सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३३ पैसा र बिक्रीदर २२ रुपैयाँ ४२ पैसा कायम भएको छ।
खाडी मुलुकहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा र बिक्रीदर ४१ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा, र ओमानको रियाल एकको खरिददर ३९२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ६५ पैसा रहेको छ।
अन्य मुलुकतर्फ मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४० पैसा र बिक्रीदर २३ रुपैयाँ ५० पैसा, र हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।







डिसी नेपाल







Facebook Comment