नेपाल मेडिकल कलेजद्वारा नौ वटा विषयमा फ्याकल्टीहरू माग
काठमाडौं। नेपाल मेडिकल कलेजले नौ वटा विषयमा फ्याकल्टीहरु माग गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै कलेजले इमरजेन्सी मेडिसिन, स्त्री तथा प्रसुति रोग, आँखा रोग, छाला रोग, इन्र्टनल मेडिसिनमा फ्याकल्टी माग गरेको छ। यस्तैगरी, बाल रोग, न्यूरो सर्जरी, क्लिनिक बायोकेमेष्ट्रीमा फ्याकल्टी माग गरिएको जनाएको हो।
कलेजको अनुसार स्वास्थ्य सेवा र शिक्षण पेशालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन थप फ्याकल्टीहरुको दरखास्त खोलिएको छ।
इच्छुक उम्मेदवारले असार १४ गतेभित्र आवेदन दिन सक्नेछन् भने आवेदन दिएका मध्येलाई सर्ट लिस्टमा राखेर अन्तरवार्तामा बोलाइने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment