सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो
काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ।
छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment